Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बिहिवार , आषाढ ५, २०८२

नवलपुर । अविरल वर्षाले नारायणगढ–बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। चिप्लो सडक, बढ्दो नदीको बहाव र डाइभर्सनको क्षतिका कारण सवारी साधन फस्ने समस्या देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पूर्वले एक सूचना जारी गर्दै सार्वजनिक सवारीसाधन तथा यात्रुहरूलाई हालको अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

विशेष गरी विनयी खोला, झ्याउखोला र दुम्कीबास–दाउन्ने सडक खण्डमा पानीको बहाव तीव्र भएकाले यात्रा असजिलो बनेको हो ।

प्रहरीले नारायणगढबाट मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट, काठमाडौँबाट पश्चिम जाने सवारी साधनहरूले– मुग्लिङबाट पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट र पश्चिमबाट पूर्व जाने सवारी साधनहरूले बुटवलबाट स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यतर्फ जान अनुरोध गरेको छ ।

साना सवारीसाधनहरूका लागि भने अवस्थाको मूल्याङ्कन गर्दै गैँडाकोट–पिपलडाँडा सडक खण्ड (कालिगण्डकी करिडोर) प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले अर्को सूचना प्रकाशित नभएसम्म यात्रुहरूलाई सुझबुझपूर्वक र सुरक्षित वैकल्पिक मार्ग अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077