कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
विजयनगर गाउँपालिका–५ नौरंगियाकी अन्दाजी ४५ वर्षीया जन्ममति यादवको चट्याङ लागेर मृत्यु भएको हो ।
डालपुर नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार साँझ करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटनास्थलमै यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ ।