काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालमा फेरि पूर्णरूपमा कार्यान्वयनमा जाने भएको छ ।
अमेरिकाको काठमाडौँस्थित दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थगित परियोजना अब पूर्णरूपमा अघि बढ्ने जनाएको हो ।
विज्ञप्तिअनुसार सन् २०२४ को फेब्रुअरीमा ९० दिनका लागि रोकिएको एमसीसी परियोजनालाई अब पुनः अनुमति दिइएको छ।
अब परियोजनाअन्तर्गतको ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण, तीनवटा सबस्टेसनको विकास तथा ४० किलोमिटर पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही खण्डको स्तरोन्नति कार्य अगाडि बढ्नेछ।
यही सन्दर्भमा, सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकले वर्दघाट सुस्ता पश्चिम, सुनवल, रामग्राम र बर्दघाट नगरपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्रको ४.६६ हेक्टर जग्गा प्रसारण लाइन निर्माणका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।