Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पूर्वाधार विकास समितिले गर्‍याे ग्वार्को फ्लाई ओभरको अनुगमन, पर्सीबाट सञ्चालनमा आउँदै

पूर्वाधार विकास समितिले गर्‍याे ग्वार्को फ्लाई ओभरको अनुगमन, पर्सीबाट सञ्चालनमा आउँदै

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको स्थलगत अनुगमन गरेको छ ।

समितिका सभापति दीपक सिंहको संयोजकत्वमा आज फ्लाइ ओभरको स्थलगत अनुगमन गरिएको हो ।

पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो फ्लाइ ओभर यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्ने तय भएको छ ।

उद्घाटन गरे लगत्तै सोहीदिनबाट ओभर पास सञ्चालन हुने भएको छ। सडक विभागमा तहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीपबाराहीका अनुसार ठेकेदार कम्पनीले केन्द्रलाई ओभर पासको सबै काम सकिएको औपचारिक जानकारी गराउँदै आइतबार पत्र पठाएको छ।

केन्द्रले हालसम्म ठेकेदार कम्पनीलाई कुल रकम (१७ करोड ६ लाख) को ४६ प्रतिशत रकम भुक्तानी गरिसकेको छ। बाँकी रकम कागज पत्र हेरेर केही दिनमा भुक्तानी गर्ने विभागको तयारी छ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्तकम्पनीलाई अन्तिम म्याद दिइएको थियो।

अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्नन गरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिरिरहेको छ। बढीमा दुई सय दिनसम्म हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्नैपर्छ। त्यसपछि पनि काम नभए सम्झौता रद्द गर्ने व्यवस्था कानूनमा गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077