Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कर्णाली विकास बैंक घोटाला प्रकरण : सीइओ रायपछि तत्कालीन वित्त प्रमुख सिंह पनि पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरण : सीइओ रायपछि तत्कालीन वित्त प्रमुख सिंह पनि पक्राउ

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको छ ।

केही दिनअघि नेपालगञ्जबाट पक्राउ परेका ठकुरीलाई बाँकेमै राखेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले जेठ १७ गते पक्राउ गरेर नेपाल ल्याएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

अपचलनमा संलग्न मुख्य व्यक्ति संस्थापक अध्यक्ष राजेन्द्रवीर रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा.ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकालदा ठूलो रकम घोटाला भएको मिश्र समितिको प्रतिवेदनले उललेख गरेको छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077