काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।
इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन सुरु गरेको हो ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि, इजरायल र इरानबीच युद्ध तीव्र बनेपछि चीनले आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ इरान छोड्न आग्रह गरिसकेको छ ।
भारत लगायत अन्य देशहरुले पनि आफना नागरिकहरुलाई इरान छोड्न आग्रह गरिसकेका छन् ।