Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध

पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा गएरातिदेखि परेको पानीका कारण बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

१३ घण्टा अगाडि एकतर्फी सडक सञ्चालनमा आएको थियो । तर, पुनः बाढी आएर डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077