Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ ।

वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर गर्दै महानगरले उक्त निर्णय गरेको हो ।

महानगरको सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडकरफुटपाथ खन्न स्वीकृतिरसहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077