Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

चौरपाटीको दशपल्ले माविका एक शिक्षकको नाममा दोहोरो तलब निकासा, असुली गर्न उर्दी !

चौरपाटीको दशपल्ले माविका एक शिक्षकको नाममा दोहोरो तलब निकासा, असुली गर्न उर्दी !

मंगलवार , आषाढ ३, २०८२

अछाम । चौरपाटी गाउँपालिका–२ स्थित दशपल्ले पानी माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको नाममा दोहोरो तलब निकासा भएको पाइएको छ ।

हालै महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक २०८०/८१ को प्रतिवेदन अनुसार, शिक्षक विक्रम नाथलाई नियुक्त भएको मितिको आधारमा २६ दिनको तलब मात्र भुक्तानी हुनुपर्नेमा श्रावणदेखि असोजसम्मको पूर्ण तीन महिनाको तलब भत्ता रु ९१ हजार ७४७ निकासा गरिएको छ ।

महालेखाले गाउँपालिकाअन्तर्गतका ३८ विद्यालयमध्ये तीन विद्यालयको तलब भत्ता निकासा परीक्षण गरेको थियो । जसमा शिक्षक नाथको नाममा बढी तलब निकासा भएको पाइएको छ ।

महालेखा प्रतिवेदनमा उल्लेख अनुसार, उनी २०८० असोज ५ गते मात्र नियुक्त भएका थिए । यो अनुसार उनलाई असोज महिनाको २६ दिन बराबर रु ३७ हजार ८६४ मात्रै तलब दिनुपर्नेमा ५३ हजार ८८३ रुपैयाँ बढी तलब निकासा गरिएको हो ।

यति मात्रै होइन, शिक्षण सिकाई अनुदान शीर्षकबाट समेत शिक्षक विक्रम नाथलाई तलब भुक्तानी भइसकेको अवस्थामा पुनः मावि शक्षिक तलव भत्तामा सम्बन्धितको नाम राखी प्रथम त्रैमासिक वापत ९१ हजार ७४७ निकासा भएको खुलेको छ । यसरी दोहोरो निकासा हुँदा जम्मा रु १ लाख ४५ हजार ६३० बढी भुक्तानी भएको देखिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम खर्च गर्नु अघि आवश्यक कागजात र प्रमाण संलग्न गरेर मात्र सरकारी रकम निकासा गर्नुपर्ने व्यवस्था भए पनि, बिना यकिन कागजात दोहोरो तलब निकासा गरिएको पाइएको महालेखाले जनाएको छ।

महालेखाले बढी भुक्तानी रकम असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न चौरपाटी गाउँपालिकालाई निर्देशन पनि दिएको छ ।

तर यता शिक्षक नाथले आफूले अहिले सम्म तलव भन्दा बढी पैसा नबुझे स्पष्ट पारेका छन् । उनले विद्यालयको खातामा दोहोरो शिर्षकमा रकम निकासा भएको आज मात्रै थाहा पाएको बताउँदै तलबभन्दा बढी रकम नबुझेको दाबी गरे ।

उनले भने, 'आज मात्रै मैले उक्त कुरा थाहा पाए । विद्यालयको खातामा निकासा भएको रहेछ । तर अहिलेसम्म तलवभन्दा बढी रकम बुझेको छैन ।'

यस्तै विद्यालयका प्रधानाध्यापक राम बहादुर साउदले विद्यालयको खातामा बढी पैसा आएको स्वीकार गरेका छन् । उनले भने, 'हामीले पनि अस्ति भर्खर मात्रै विद्यालयको खातामा बढी पैसा निकासा भएको थाहा पायौं । फिर्ता गर्न पनि पत्र आइसकेको छ । असार मसान्तभित्रै फिर्ता गर्ने तयारीमा छौँ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077