Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

उच्च अदालतले भन्यो–पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु

उच्च अदालतले भन्यो–पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु

सोमवार , आषाढ २, २०८२

काठमाडौं । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायत बहस गरेका थिए।

पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। 'टफ टक' नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए।

त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।

जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै विरोध पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077