Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना : एक विद्यार्थीको मृत्यु, सात घाइते

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना : एक विद्यार्थीको मृत्यु, सात घाइते

सोमवार , आषाढ २, २०८२

काठमाडौं । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा ईभी माइक्रो भ्यान दुर्घटना भएको छ ।

स्कुलले हालै किनेको भ्यान दुर्घटना हुँदा सोही स्कूलकी विद्यार्थी सर्लाही स्थायी घर भई कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ ।

सोनाक्षीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी वृत्त कालिमाटीका अनुसार उक्त दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।

सोमबार १२ः५० को समयमा स्कूलबाट बाहिर निस्कने क्रममा स्कूलको गेटको पिल्लरमा ठोक्किएर भ्यान दुर्घटना भएको थियो ।चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077