Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

भारतीयले किन बन्द गराए महाकाली पुल ?

भारतीयले किन बन्द गराए महाकाली पुल ?

सोमवार , आषाढ २, २०८२

दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराइएको हो ।

महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ । भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको बताइएको छ ।

भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको सिडिओ पौडेलले जानकारी दिए ।

आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077