Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

घरमा चट्याङ पर्दा चौरपाटीमा महिला घाइते, तीन बाख्रा मरे

घरमा चट्याङ पर्दा चौरपाटीमा महिला घाइते, तीन बाख्रा मरे

सोमवार , आषाढ २, २०८२

अछाम । अछामको चौरपाटी गाउँपालिका–७, मार्कुमा चट्याङ लागेर तीन वटा बाख्रा मारेका छन् भने एक महिला सामान्य घाइते भएकी छन्।

आइतबार राति करिब २ बजे हर्कबहादुर बोगटीको घरमा चट्याङ परेको हो । चट्याङका कारण घरको गोठमा बाँधिएका तीन वटा बाख्रा तत्कालै मरेका छन् ।

उक्त घटनामा बोगटीकी श्रीमती अन्दाजी २५ वर्षीया चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटनापछि चौखुट्टे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक पदम सिंह साउदको नेतृत्वमा तीन जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077