Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

हुम्लाको उनापानीमा आगलागी, आठ घर जलेर खरानी

हुम्लाको उनापानीमा आगलागी, आठ घर जलेर खरानी

सोमवार , आषाढ २, २०८२

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको बताइएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ।

आगलागीबाट मानवीय क्षति कुनै भएको छैन् । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077