एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।
तेल अभिभ नजिकैको तटीय शहर बट याममा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणमा उनले यस्तो चेतावनी दिएको हो ।
उनले भने, ‘इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको इजरायलीले जनाएको छ ।
इजरायलको हवाई प्रतिरक्षा प्रणाली छल्दै छिरेका क्षेप्यास्त्रले बट याम, तेल अभिभ र देशको उत्तरी क्षेत्रमा क्षति पुर्याएको छ ।