Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

आइतवार , आषाढ १, २०८२

काठमाडौं ।बैंकिङ कसुरका ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका तीन प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् ।

बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, अली ११ लाख र बत्तिसपुतलीबाट पक्राउ परेका थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो ।

उनीहरूमाथि बैंकिङ कसुुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077