Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

आइतवार , आषाढ १, २०८२

काठमाडौं । रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–१ जयनगरका ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मृतक वनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077