Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि उजुरी आह्वान

सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि उजुरी आह्वान

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध आजदेखि उजुरी दिन सकिने भएको छ ।

आज एक सूचना जारी गर्दै संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको हो ।

यसअघि सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077