Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

निर्माणाधीन पुल भाँचिएर तीन कामदारको मृत्यु

निर्माणाधीन पुल भाँचिएर तीन कामदारको मृत्यु

आइतवार , आषाढ १, २०८२

पाँचथर । मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ ।

घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो ।

उनीहरूलाई हिजो साँझ जिल्ला अस्पताल पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ ।

घाइते अन्य तीन जनाको उपचार जारी छ। ‘लोड’ थाम्न नसकेर बेलीब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077