Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

ग्वार्को फ्लाईओभरको काम सकियो, केही दिनमै यातायात सञ्चालन हुन्छ : यातायात मन्त्री दाहाल

ग्वार्को फ्लाईओभरको काम सकियो, केही दिनमै यातायात सञ्चालन हुन्छ : यातायात मन्त्री दाहाल

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचनाको निर्माण कार्य पूरा भएको बताएका छन् ।

फ्लाई ओभरको शनिबार मन्त्री दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षणको क्रममा फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केहि ढिला भएको बताए ।

निरीक्षणका क्रममा मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहि दिन भित्रमौ सार्वजनिक यातायात सञ्चालन गरिने उनको भनाई छ ।

पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिएका थिए।

फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077