Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान–श्रीमतीको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान–श्रीमतीको मृत्यु

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।

घर नजिकै सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077