Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

काठमाडौं महानगरले सुरु गर्‍यो निःशुल्क मानसिक स्वास्थ्य जाँच

काठमाडौं महानगरले सुरु गर्‍यो निःशुल्क मानसिक स्वास्थ्य जाँच

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेषज्ञसहित निःशुल्क मानसिक स्वास्थ्य जाँच सुरु गरेको छ । यो सेवा प्रत्येक आइतबार र बुधबार बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ।

महानगरको स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’जस्ता मानसिक रोग र रक्सी तथा लागुऔषधको कुलतमा फसेकाहरूलाई लक्षित गरी जाँच सुरु गरेको हो ।

वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाइने मानसिक समस्याबारे खुला उपचारको वातावरण बनाएर जोखिम कम गर्न यो कार्यक्रम सुरु भएको बताए।

पाटन अस्पतालका मनोचिकित्सक डा. अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक र निद्रा नलाग्ने, बारम्बार दिशा–पिसाब हुने जस्ता लक्षण मानसिक समस्याका संकेत भएको बताए।

समयमै पहिचान गरी नियन्त्रण बाहिर जानुअघि समाधान खोज्न सकिने उनको भनाइ छ। ‘सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखी हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुजस्ता परिवर्तनले मानसिक समस्या देखाउन सक्छ,’ डा. पराजुलीले भने ।

पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले मानसिक समस्यालाई लुकाउने प्रवृत्तिले रोग बढ्ने र ठूला अस्पतालमा बिरामीको चाप बढिरहेको बताए। वडास्तरको विशेषज्ञ जाँचले अस्पतालको भार कम हुने र सेवा गुणस्तरीय हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077