धनकुटा । घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।
सुँगुरको मासु खाँदै गर्दा घाटीमा अड्किएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति उपचारको क्रममा उनको निधन भएको धनकुटा प्रहरीले जनाएको छ ।