काठमाडौं । कैलालीमा सर्पले डस्दा एक शिक्षिकाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको डसाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहीबार सर्पले टोकेको थियो ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा अवस्थीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।