Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

काठमाडौंमै वन जंगल एडभेन्चर : रोलर कोष्टरदेखि मौलिक नेपाली घरसम्म

काठमाडौंमै वन जंगल एडभेन्चर : रोलर कोष्टरदेखि मौलिक नेपाली घरसम्म

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन् ।

अब भने काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटकका लागि टाढा–टाढा जान नपर्ने भएको छ । काठमाडौंको रिंगरोडभित्र बसोबास गर्नेहरूका लागि ‘वन जंगल एडभेन्चर’ ले साहसिक पर्यटनको मज्जा दिने भएको छ । जुन तारकेश्वर नगरपालिका–३ मा रहेको छ ।

रिंगरोड बाइपासदेखि १० किलोमिटर भित्रै ककनी राजमार्गमा पर्ने ‘वन जंगल एडभेन्चर’ ले साहसिक पर्यटनको आभास मात्र दिलाउँदैन, त्यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सकिने वन जंगल एडभेन्चरका सञ्चालक एलिसा ढकाल बताउँछिन् ।

ढकालले विगत आठ महिनादेखि काठमाडौं भित्र रहेका र साहसिक पर्यटनमा रूची राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिइरहेकी छन् ।

काठमाडौंमा बसोबास गरिरहेका मानिसलाई प्रकृति र साहसिक पर्यटनप्रति रूची बढाउन एडभेन्चर सञ्चालन गर्नुपरेको उनले सुनाइन् । हिजोआज साहसिक पर्यटनको प्याकेज बनाएर जानेको संख्या बढिरहेको छ ।

एडभेन्चरले काठमाडौं भित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको छ ।

काठमाडौंका मानिसहरू यहाँ आउँदा समयको वचत र जंगल भित्र सबै एडभेन्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको संख्या बढ्दै गइरहेको ढकालको भनाई    ।

उनका अनुसार ३० रोपनीमा फैलिएको वन जंगलमा सेवाग्राहीले जीप लाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइ रोप कोर्ष, किड्स एडभेन्चर्स कोर्ष जीप लाइन ट्रीप टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउने छन् ।

साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् । उनले भनिन्–‘यहाँ आउनेहरूले मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सक्ने छन् ।’

टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने उनले बताइन् । एडभेन्चरमा ११ टेन्ट र १ मौलिक घर रहेको छ । जंगलभित्र बसेर फायरिङ्ग तथा मनोरञ्जन गर्न चाहनेलाई यस खालेको व्यवस्था गरिएको छ ।

उनी भन्छिन्–‘सहरमा धेरैले गाउँमा हुने पुराना शैलीका देखेका छैनन्उ । हिजोआज काठमाडौंमा बसोबास गर्नेले पुराना ढाँचाका नेपाली घर देखेका छैनन् ।तिनकै लागि भए पनि यहाँ मौलिक घर राखिएको छ । यहीँ सुतेर बसेर रातको आनन्द लिन पाउँनेछन् ।’

मौलिकता हराइरहेको बेला वन जंगल एडभेन्चरले नेपाली घर देखाउन सक्नु यहाँको विशेषता रहेको ढकाल प्रस्ट पार्छिन्। उनले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ ।

त्यसैगरी गाउँघरमा गाईवस्तु, खसी तथा कुखुरा राख्न गोठ बनाइन्थ्यो । यहाँ एकसाथ ठूला–ठूला जनावर मात्र नभइ स–साना जनावर राख्न मिल्ने गोठ तथा खोर बनाइएको छ ।

यहाँ आउनेले एकसाथ मौलिक घरका साथै गोठ लगायतका अन्य भौतिक वस्तुको अवलोकन गर्न पाउँछन् ।

‘यस्ता पुराना शैलीका घर तथा गोठ अहिलेका नयाँ पुस्ता अझ भनौं बालबालिकालाई लक्षित गरेर बनाइएको हो,’ उनी भन्छिन्–‘यहाँ आउनेले मनोरञ्जन मात्र नभइ केही सिकेर जानकारी लिएर जाउन भन्ने मनसाय हो । हामीले अहिलेसम्म कसैले नभोगेको अनुभव र नदेखेका वस्तुहरू देखाउँनेछौ ।’

यहाँ कस्ता–कस्ता मानिस तथा पर्यटकको रूपमा आउँछन ? भन्ने प्रश्नमा उनले विद्यालयका विद्यार्थी, परिवार र संघ संस्थाका मानिसहरूको बढी भीडभाड हुने गरेको बताइन् । त्यसैगरी विदेशी पर्यटकहरु पनि आउने गरेको उनले सुनाइन् ।

विशेषतः यहाँ शुक्रवार र शनिवार आन्तरिक पर्यटकको धेरै भीडभाड लाग्ने गर्छ । मंसिर र पुस महिनामा सेवाग्राहीको बाक्लो उपस्थिति रहने उनले सुनाइन् । विद्यालय विदा हुने भएको र वनभोज जाने समय भएकाले जाडो मौसममा सेवाग्राहीको भीडभाड रहने गरेको छ ।

जंगलको छेउ रोज्जुको कारणबारे उनी भन्छिन्–‘पछिल्लो समय सहरको कोलाहलबाट टाढा निस्कन तथा हाइकिङ जान खोज्ने मानिसको संख्या बढ्दै गएकाले यस ठाउँलाई छनोट गर्नु परेको हो ।’

ढकालका अनुसार यहाँ आउने सेवाग्राहीले धेरै विकल्प पाउने छन् । ३६५ साइकिलिङ तथा पैदल यताउता गर्न पनि सक्नेछन् ।

वन जंगल एडभेन्चरको भौतिक पूर्वाधार भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्ष लगाएर निर्माण गरेको ढकालले जानकारी दिइन् । सबै पूर्वाधारहरू पूर्ण रुपमा इन्जिनिरियङ् गरेर बनाइएको उनको भनाइ छ ।

उनी भन्छिन्–‘वन जंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौं । साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बीमा गरिएको छ ।‘

उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा कुल ६ करोड रुपैयाँ लगानी छ । सरकारी जमिन नभएर आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले बताइन् ।

‘बिस्तारै नयाँ खेल थप्दै जाने योजना रहेको बताउँदै ढकालले तत्काल वन जंगल एडभेन्चरमा भएको खेललाई साहसिक पर्यटकलाई मनोरञ्जन प्रदान गरेर यसको प्रभाव कस्तो रहन्छ त्यहीँ अनुसार अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077