Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकारले राख्यो यी २ निर्माण कम्पनीलाई कालो सूचीमा

सरकारले राख्यो यी २ निर्माण कम्पनीलाई कालो सूचीमा

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । सरकारले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालो सूचीमा राखिएका निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र मुख्य व्यक्ति गोपाल प्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङ छन् ।

यी निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077