काठमाडों । नेकपा (माओवादी केन्द्र) का नेता वीरेन्द्र जुहारचनको निधन भएको छ।
माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्या तथा संविधान सभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा मुस्ताङस्थित आफ्नै निवासमा निधन भएको हो ।
मुस्ताङमा जारी पार्टी कार्यक्रममा सहभागी भएर जेठ २८ गते राति आफ्नै निवासमा फर्किएका उनी बिहीबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्।
उनको हृदयाघातको कारण निधन भएको आशंका गरिएको छ ।
उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुःख व्यक्त गरेका छन् ।