Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा बेथितिको चाङ, खाना तथा विविधमै १९ लाख 'स्वाहा' !

चौरपाटी गाउँपालिकामा बेथितिको चाङ, खाना तथा विविधमै १९ लाख 'स्वाहा' !

शुक्रवार , जेठ ३१, २०८२

अछाम । चौरपाटी गाउँपालिकाले एक आर्थिक वर्षमा खाना तथा विविध खर्चमा मात्रै १९ लाख सकेको खुलेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार चौरपाटी गाउँपालिकाले खाना तथा विविधतर्फ १९ लाख ३ हजार ७७२ रुपैयाँ खर्च गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

तर, गाउँपालिकाले विविध तथा खानामा अचाक्ली खर्च गरेको पाइएको हो । पालिकाको कुल आन्तरिक आम्दानी ५९ लाख ६३ हजार ४८९ रुपैयाँ मात्रै छ । महालेखाले यस्तो खर्च नियन्त्रण गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077