Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

थप चार प्रदेशमा फैलियो मनसुन

थप चार प्रदेशमा फैलियो मनसुन

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको हो ।

मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो ।

कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो । अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077