Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

चट्याङ लागेर बालकको मृत्यु, एकजना घाइते

चट्याङ लागेर बालकको मृत्यु, एकजना घाइते

बिहिवार , जेठ ३०, २०८२

हेटौँडा । वर्षासँगै चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

चट्याङ लागेर कैलाश गाउँपालिका–९, थामलेकका १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर बिहीबार उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, चट्याङ लागेर वाग्मती गाउँपालिका–२, देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

चट्याङ लागेर स्थानीय कमलजंग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077