Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डोटीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

डोटीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार (जेठ २९) बिहान मध्यमदेखि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार डोटीमा भारी वर्षा भैरहेको हो ।

उक्त क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले बिहीबार बिहान साढे ८ बजे जारी गरेको सूचनामा उल्लेख छ, “जेठ २९, बिहान ८ः३० बजे । पछिल्लो एक–तीन घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको, सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढी समेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाइराखौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077