काठमाडौं । पछिल्लो एक घण्टामा सुनसरी आसपास भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बेलुका ८ः२५ बजे सुनसरीस्थित धरान बजार र तरहरा वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।
थप वर्षा हुने सम्भावना रहेकोले सुनसरी, मोरङ जिल्ला भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।