Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद

भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद

बुधवार , जेठ २९, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर– १० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यको कपडा बरामद गरेको छ ।

प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर एक्सप्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ ।

बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्रले वीरगञ्ज महानगर– १० तथा १६ बाट विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077