Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको १९ करोड २८ लाख पुग्यो बेरुजु, वर्षमै थपियो १ करोड ८८ लाख !

चौरपाटी गाउँपालिकाको १९ करोड २८ लाख पुग्यो बेरुजु, वर्षमै थपियो १ करोड ८८ लाख !

बुधवार , जेठ २९, २०८२

अछाम । अछामको चौरपाटी गाउँपालिकाको बेरुजु १९ करोड नाघेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा १ करोड ८८ लाख ७ हजार थपिएसँगै १९ करोड २८ लाख ३५ हजार बेरुजु पुगेको हो ।

महालेखाको प्रतिवेदन अनुसार बेरुजु असुल गर्नुपर्ने २७ लाख २० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ९८ लाख ५ हजार र नियमित गर्नुपर्ने ६२ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

चौरपाटी गाउँपालिकाको अघिल्लो आर्थिक वर्षसम्म १७ करोड ४० लाख २८ हजार बेरुजु रहेको थियो । हालसम्मको अद्यावधिक बेरुजु १९ करोड २८ लाख ३५ हजार रहेको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, 'लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेको नेपाल सरकारी लेखापरीक्षणमान, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानुनबमोजिम गरिएको छ। एकीकृत वित्तीय विवरण तयार गर्ने गाउँपालिकासँग हामी स्वतन्त्र छौं । त्यसका लागि स्वीकृत आचारसंहिताअनुसार हामीले काम गरेका छौँ । लेखापरीक्षणको क्रममा प्राप्त भएका आधार र प्रमाणहरू राय व्यक्त गर्न पर्याप्त र उपयुक्त छन् भन्नेमा विश्वस्त छौं ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077