काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्चमा चार न्यायाधीश रिक्त रहेकोमा परिषद्ले तीनजनाको मात्र नाम सिफारिस गरेको छ । एमालेको कोटाबाट एकजना न्यायाधीश हुने कानुन व्यवसायीको नाम टुंगो नलागेपछि खाली राखिएको स्रोत बताउँछ ।
पहिलो नम्बरमा सिफारिस भएका पोखरेल भने कांग्रेसको कोटामा परेका छन् ।