तनहुँ । चितुवाको आक्रमणबाट बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।
करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो ।
आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।