Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझ्न टोली परिचालन

लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझ्न टोली परिचालन

सोमवार , जेठ २७, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु चौपायहरूमा देखा परेको लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझ्न टोली परिचालन गरेको छ ।

रोगको वस्तुगत अवस्था अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरूलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धी अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ।

रोगको वस्तुस्थितिको दैनिक आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.तपेन्द्र प्रसाद बोहोरालाई गराउने गरी फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ।

बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरूबाट सर्ने पशुको रोगहरूको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोपसहितका आवश्यक वस्तु र पारिश्रमिकको लागत तयार गरिने निर्णय गरेको छ।

रोग नियन्त्रण कार्य तीनवटै तहका सरकारको सहभागितामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापनसमेतको आकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077