Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नागढुंगा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसो बन्द

नागढुंगा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसो बन्द

सोमवार , जेठ २७, २०८२

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द हुने भएको छ ।

यसअघि जेठ १० गतेदेखि हिजोसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुँदै आएकोमा फेरि समय थप भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर आजदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो ।

सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नु परेको आयोजनाले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077