Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

सोमवार , जेठ २७, २०८२

बर्दिया । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार करेन्ट लागेर बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँसगढी –९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका छन् ।

आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेको थियो ।

यस्तै बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लागेर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077