Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ नेपाली काठमाडौं आइपुगे

आइतवार , जेठ २६, २०८२

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् ।

नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको बताइएको छ ।

सन् २०२५ को जनवरीदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोर्याएर पदभार सम्हालेपछि आप्रवासन सम्बन्धी नीतिहरू कडा बनाउँदै लगिएको छ।

यसै क्रममा विभिन्न कारणले अमेरिकी आप्रवासन नियम उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिई उनीहरूको मूल देशमा फर्काउने काम तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077