Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संसद अवरोध खुलाउन आज पनि सकारात्मक भएनन् विपक्ष दल, पेलेरै जाने सत्तापक्षको तयारी

संसद अवरोध खुलाउन आज पनि सकारात्मक भएनन् विपक्ष दल, पेलेरै जाने सत्तापक्षको तयारी

आइतवार , जेठ २६, २०८२

काठमाडौं । जेठ १५ गते बजेट भाषण भएपछि संसद बैठक बस्न सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्ष दलहरुले संसद अवरोध गर्दै आईरहेका छन् ।

सभामुख घिमिरेले विपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि सहमति हुन सकिरहेको छैन् ।

आइताबर संसद्को गतिरोध अन्त्य गर्न बोलाएको प्रमुख सचेतकहरूसँगको बैठकमा सहमत नभएपछि सभामुख घिमिरले  सचेतकहरुसँग नै असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यसलगत्तै संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्ष दलहरुले बैठक जारी राखेका छन् ।

प्रमुख सचेतकहरुसँगको बैठक पछि सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिकृया दिएका छन् ।

सदन गतिरोधको अन्तय गर्न विपक्ष दलहरु सकारात्मक नभएपनि आजबाट संसद सञ्चालनमा आउँने भन्दै उनले भने, ‘अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय पाएका छैनौँ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने पक्षमा नरहेको बताए । आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने उनको भनाई छ ।

आजका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । तर, दुई बज्नै लाग्दा पनि सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077