Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आज पनि प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

आज पनि प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

आइतवार , जेठ २६, २०८२

काठमाडौं । आजका लागि डाकिएको प्रतिनिधि सभाको बैठक शुरु हुन आधा घण्टा मात्रै बाँकी छ ।

सभामुख देवराज घिमिरेले भने सदनको अवरोध खुलाउन भन्दै सदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध भएपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको सभामुखको कार्यकक्षमा बैठक बसिरहेको छ।

विपक्षी दलको अडानका कारण जेठ १३ गतेदेखि संसद प्रभावित हुँदै आएको छ।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले त्यसयता निरन्तर अवरोध गर्दै आएका छन्।

संसदको गतिरोध हटाउने विषयमा सभामुख घिमिरेले विपक्षी दलहरूसँग पटकपटक छलफल गर्दै आएपनि सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077