Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

व्यवस्थाविरुद्धमा जानेहरूले खुच्चिङ भनिरहेका छन्,संसद अगाडि बढ्ने सहमति बनोस् : सभामुख घिमिरे

व्यवस्थाविरुद्धमा जानेहरूले खुच्चिङ भनिरहेका छन्,संसद अगाडि बढ्ने सहमति बनोस् : सभामुख घिमिरे

शनिवार , जेठ २५, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु गर्नको लागि निष्कर्ष नजिक रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले शीर्ष तहका नेताहरूबीच छलफल भएपछि आइतबारको संसदको गतिरोध अन्त्य हुने बताएका हुन् ।

प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेलामा आएका समस्याहरुलाई समाधान गर्दै संसद्लाई अझै प्रभावकारी पार्ने कुराहरूमा सत्ता प्रतिपक्ष मिलेर जाने कुराको महसुस गरेको उनको भनाई छ ।

व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ भनिरहेका छन् भन्दै सभामुख घिमिरेले भने, ‘आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले शुक्रवार पनि संसद् चल्न नदिएपछि अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077