Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाइदैछ : घनश्याम भूसाल

८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाइदैछ : घनश्याम भूसाल

शनिवार , जेठ २५, २०८२

काठमाडौं । नेकपा (कीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधव कुमार नेपालबिरुद्ध अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको बताएका छन् ।

रूपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भूसालले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले र अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई बदलाको भावनाले अगाडि बढाइएको बताउँदै उनले भने, ‘ओली जि आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ ।’

८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको छ तर, त्यो संभव नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077