Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मन्त्री पाण्डेले गरे बाम्का बजारको निरीक्षण

मन्त्री पाण्डेले गरे बाम्का बजारको निरीक्षण

शनिवार , जेठ २५, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् ।

आगलागीको जानकारी पाए लगत्तै काठमाडौंबाट बाजुरा पुगेका मन्त्री पाण्डेले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो।

आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077