Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सप्तकोशीमा बेपत्ता दुई गोताखोरको बिहानैदेखि खोजी सुरु

सप्तकोशीमा बेपत्ता दुई गोताखोरको बिहानैदेखि खोजी सुरु

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजीकार्य शुरू भएको छ ।

उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा सशस्त्र प्रहरीका दुईजना गोताखोर बेपत्ता भएका थिए ।

उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउद बेपत्ता भएका छन् ।

शुक्रबार बिहानैदेखि उनीहरूको खोजीकार्य शुरू भएको सशस्त्र प्रहरीले जनाएको छ ।

खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं। ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डीएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077