बनेपा । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए ।
तीमध्ये ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ भने कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, कृष्णकुमारीको बुहारी संगिता आचार्य तिमल्सिनाको गोडामा चोट लागेको छ ।
घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।