काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको छ ।
भिजिट भिसामा जानेबाट लाखौँ रूपैयाँ अवैध रुपैयाँ असुल्ने गर्ने गरिएको विवरण सार्वजनिक भएपछि अमेरिकाले भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालीलाई नागरिकलाई भिसा दिन कडाइ गरेको हो ।
दूतावासले बुधबार एक सूचना निकालेर कडाइका साथ गरिने सुरक्षा जाँचबिना भिसा दिन नसकिने जनाएको छ ।
दूतावासले राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्याउन सक्ने व्यक्तिहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।
दूतावासले अमेरिकाको राष्ट्रिय सुरक्षा आफूहरूको उच्च प्राथमिकता रहेको जनाएको छ ।
दूतावासले भनेको छ, ‘राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्याउन सक्ने व्यक्तिहरूलाई अमेरिकातर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो ।’
सबै सुरक्षा जाँचहरू पूर्ण रूपमा पूरा भएर सम्भावित आशंकाहरू निवारण नभएसम्म भिसा जारी नहुने अमेरिका दुतावासले जनाएको छ ।
गृहमन्त्री लेखक र गृहमन्त्रालयकै अधिकारीहरू भिजिट प्रकरणमा जोडिएर भिजिट भिसाबाट अवैध रकम उठाउँदै विदेश पठाइरहेको कुरा चुहिएसँगै अमेरिकाले सुरक्षा जाँच र आवश्यक अन्य प्रक्रियामा कडा नियम ल्याएको छ ।