काठमाडौं । गण्डकी प्रदेश सरकारले विवादित ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।
योसँगै देशभर सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने भएको छ ।
राइड सेयरिङ नियमावली कार्यान्वयनबाट गण्डकी प्रदेश सरकार पछि हटेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक महिनाका लागि नियमावली कार्यन्वयन स्थगन गर्ने निर्णय गरेको हो ।