Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

गण्डकीमा एक महिनाका लागि ‘राइड सेयरिङ’ स्थगन, आन्दोलन फिर्ता

गण्डकीमा एक महिनाका लागि ‘राइड सेयरिङ’ स्थगन, आन्दोलन फिर्ता

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । गण्डकी प्रदेशमा एक महिनाका लागि राइड सेयरिङ स्थगन हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि उक्त प्रावधान हाललाई स्थगन गर्न अनुरोध भई आएपछि यस्तो निर्णय लिइएको हो ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेश सचिव एवं वार्ता समिति संयोजक ई. कमल कुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार, यसअघि मन्त्रालयबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरू) लाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोकेको छ।

सो अवधिभर नियमावलीको कार्यान्वयन स्थगन रहनेछ। सोमबार राति ११ बजे सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको थियो ।

सोमबारको सहमतिमा गण्डकी प्रदेशलगायत प्रदेश सरकारहरूद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारीसाधन (रातो नम्बरप्लेट) का सवारीलाई यात्रु बोक्न दिने गरी ल्याइएका राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने उल्लेख थियो ।

योसँगै यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077